खुल्यो मैलुङखोलाको आइपिओ कति सम्म भर्न पाइन्छ ?

२०७८ श्रावण १४, बिहिबार प्रकाशित

मैलुङ खोला जलविद्युत कम्पनीले प्राथमिक शेयर (आइपीओ) निष्काशन गरेको छ। कम्पनीले बिहीबार प्रतिशेयर १०० अंकित मूल्यमा ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशनमा ल्याएको हो। ६ लाख ६८ हजार ७४६ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
बाँकी १४ हजार ७२६ कित्ता शेयर कर्मचारीलाई र ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। शेयरका लागि साउन १८ गतेसम्ममा आवेदन दिन सकिनेछ। त्यस अवधिसम्ममा मागअनुसार आवेदन नपरे साउन २८ गतेसम्म म्याद थप गर्ने कम्पनीले जनाएको छ। आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी २९ करोड ४५ लाख १४ हजार ४०० रुपैयाँ रहेको छ। आइपीओ बिक्री गरेपछि कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

Write your Comment