एनआरएन ए मलेसियाको अध्यक्षमा बिनोद थापा र बरिष्ठ उपाध्यक्षमा इन्द्र लिम्बु सर्वसहमतिले निर्वाचित

२०७८ श्रावण १५, शुक्रबार प्रकाशित

गैर आवासिय नेपाली संघ NRNA मलेसियाको आजको ३० जुलाइमा सम्पन्न सातौं अधिवेशनले विनोद बहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमतिले निर्वाचित गरेको छ । जसको वरिष्ट उपाध्यक्षमा इन्द्र नारायण लिम्बू, उपाध्यक्षमा हेमराज सापकोटा, राकेश प्रसाद महतो,दिल कुमार केरुङ, महा-सचिवमा रञ्जित कुमार क्षेत्री, सचिबमा नारायण अधिकारी, रोशन सुब्बा, कोषाध्यक्षमा कृष्ण प्रसाद नेपाल, सह-कोषाध्यक्ष बल ध्वज लिम्बू र युवा संयोजकमा अरुण गिरी,महिला संयोजकमा मिना पूरी गिरी, सदस्यहरुमा वीरेन्द्र कार्की, विष्णु प्रसाद बराल, सन्तोष कार्की,श्याम बहादुर श्रेष्ठ,टेक बहादुर अधिकारी, पासाङ्ग लामा गरी १८जना सदस्य सर्व सहमतीबाट निर्वाचित गरेको छ ।

Write your Comment