काठमाडौंको बालाजुमा रहेको नेबिको बिस्कुट कारखानमा शुक्रबार राति २ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन।
बालाजु प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निर्मल बुढाथोकीले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आउन आज दिनभर नै लाग्ने देखिएको बताए ।
आगो अझै नियन्त्रणमा आएको छैन,’ डीएसपी बुढाथोकीले केहिबेर अगाडि भने, ‘एकातिर निभायो अर्कातिर सल्किन्छ, आज दिनभरै लाग्लाजस्तो छ।
’अहिलेसम्म आगलागी नियन्त्रणका लागि ९ वटा दमकल, ३०/३२ वटा पानीट्यांकर र हेलिकोप्टर प्रयोग गरिएको डीएसपी बुढाथोकीले जानकारी दिए।
घटनास्थलमै रहेका उनले अहिलेसम्म आगलागीको कारण तथा क्षतिको विवरण थाहा भइनसकेको बताए।
डीएसपी बुढाथोकीका अनुसार मान्छेलाई केही नभए पनि कारखानाभित्रका सामान/वस्तु भने सबै आगोले नष्ट पारिसकेको छ।