थप १,६७७ जनामा कोरोना संक्रमण/२१ जनाको मृत्यु

२०७८ भाद्र २२, मंगलबार प्रकाशित

काठमाडौ २२ भाद्र :
बितेको २४ घण्टामा नेपालमा १ हजार ६७७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
१५ हजार ३४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
सोही अवधिमा २ हजार ७२ जना संक्रमण मुक्त भएका छन्।
२४ घण्टाकै अबधिमा २१ जनाको मृत्यु भएको स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८७९ पुगेको छ।
अहिले देशभर ३० हजार ३०३ जना सक्रिय संक्रमित रहेका छन्।

Write your Comment