१४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्ठि,६ जनाको मृत्यु

२०७८ आश्विन ६, बुधबार प्रकाशित

बितेको २४ घण्टामा देशै भरमा १४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्ठि छ। बुधबार स्वास्थ्य मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता कृष्णप्रसाद पौडेलले सो जानकारी दिनु भएको हो ।
बुधबार १३ हजार ९३० नमुना पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । १६३० जना संक्रमण मुक्त भएका छन भने ६ जनाको कोभिड संक्रमणले मृत्यु भएको छ ।

दैनिक संक्रमण दर ११.३ प्रतिशत देखिएको छ भने २१ हजार १३९ जना सक्रिय संक्रमित रहेका छन् । १९ हजार ८०५ जना होम आइसोलेसनमा छन् ।
अहिलेसम्म मुलुकमा कूल संक्रमित संख्या ८ लाख ७७ हजार, निको हुने संख्या ७ लाख ३० हजार र कूल मृत्यु ११ हजार ६९ रहेको छ ।

Write your Comment