रोमानियाको ‘ब्ल्याक सी’ सहर कन्स्टान्टामा रहेको एउटा अस्पतालको सघन उपचार कक्षमा आगलागी हुँदा नौ जना कोभिड–१९ सङ्क्रमित बिरामीको मृत्यु भएको छ।
आगलागीमा परेको अस्पतालका सबै बिरामीलाई उद्धार गरी नजिकैका अन्य अस्पताल तथा स्वास्थ्य केन्दहरूमा सारिएको छ। स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्तिमा भनेको छ, ‘कोभिड–१९ सम्बन्धित ११३ बिरामीले अस्पतालमा सेवा लिइरहेको समय भएको आगलागीमा परी केही व्यक्तिको मृत्यु भएको छ । बिरामीमध्ये गम्भीर १० जनालाई आईसीयूमा राखिएको छ।’
आगलागीको सम्भाव्य कारणबारे कुरा गर्दा अन्तरिम स्वास्थ्यमन्त्री आटिला सेकेले भने, ‘कारणहरू धेरै हुन सक्छन् । यो आधारभूत संरचना, उपकरणहरूको ओभरलोडसित सम्बन्धित हुनसक्छ र यो असावधानी वा मानवीय कमजोरीसँग पनि सम्बन्धित हुनसक्छ।’
नोभेम्बर २०२० देखि रोमानियाको अस्पतालमा भएको यो तेस्रो घातक आगलागी हो। एजेन्सी






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

