केरलामा बाढीः२६ जनाको मृत्यु,घर बगे,कैयौँ शहर र गाउँसँग सम्पर्क विच्छेद

२०७८ कार्तिक १, सोमबार प्रकाशित

दक्षिणी भारतीय राज्य केरलामा ठूलो वर्षाले निम्त्याएको बाढीका कारण अहिलेसम्म कम्तीमा २६ जनाको ज्यान गएको छ।

बाढीका कारण कैयौँ शहर तथा गाउँसँग सम्पर्क विच्छेद हुन पुगेका छ्न भने धेरै घर बगाएको अधिकारीहरूले जनाएका छन्।

मृत्यु हुनेमध्ये पाँचजना बालबालिका पनि छन्। थुप्रै मानिस अझै बेपत्ता छन, मृतकको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ।

Write your Comment