भ्रष्टाचार आरोपमा सीके राउतका कार्यकर्ताद्वारा खानेपानीका हाकिममाथि दुर्व्यवहार

२०७८ कार्तिक ४, बिहिबार प्रकाशित

भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालयका प्रमुख राजेश्वर कुशवाहालाई सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले दुर्व्यवहार गरेका छन् ।
ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर हिलो दली उनीहरूले बजार घुमाएका हुन् । प्रदर्शनकारीले जनकपुरधामका मेयर लालकिशोर साहलाई पनि भ्रष्टाचारी भन्दै नाराबाजी गरेका छन् । मेयर साहलाई समेत कारवाही गर्ने उनीहरूले चेतावनी दिए ।
कार्यालय प्रमुख कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका १० कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

Write your Comment