बुटवलको एक सलाई फ्याक्ट्रीमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका-१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो ।
आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले बताउनुभयो । रुपन्देहीसहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्टामा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनुभयो ।
आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उतपादन सबै जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे थप अनुसन्धान हुने डीएसपी केसीले बताउनुभयो। उक्त उद्योग राजेन्द्र ढकाललगायत पाँच जनाको साझेदारी लगानीमा सञ्चालनमा रहेको प्रहरीको भनाइ छ ।






दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

