आज लक्ष्मीपुजा,भाइटिकाको उत्तम साइत शनिबार बिहान ११.२मा

२०७८ कार्तिक १८, बिहिबार प्रकाशित

यमपन्चक अर्थात् तिहारअन्तर्गत आज घर घरमा लक्ष्मीको पुजा आराघाना गरेर मनाइदै छ । भोलि कात्तिक १९ गते गोवद्र्धन पूजा गरिन्छ भने पर्सि २० गते मुख्य दिन भाइटीका हो।
त्यस दिन भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।
तर यसपछि पनि दिनभर टीका लगाउनु शुभ नै हुने समितिले जनाएको छ।

Write your Comment