६४६२ जना कोरोना संक्रमित,थप २८ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि

२०७८ माघ ९, आईतबार प्रकाशित

बितेको २४ घण्टामा नेपालमा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशैभरका प्रयोगशालामा १७ हजार ४३७ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित प्रेस ब्रिफ्रिङका क्रममा १३ हजार ३७७ पीसीआर परीक्षण गर्दा ५ हजार ५९८ जना र ४ हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

केही दिन यताको तुलनामा आज संक्रमण ह्वात्तै घटेको छ। हिजो नेपालमा १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हिजाे २० हजार १८७ जनाकाे परीक्षण गरिएकाे थियाे।

नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोहि अबधिमा जिन सिक्वेन्सिङ गरिएको ३२ मध्‍ये २८ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । यस्तै ४ जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

Write your Comment