बाराको बकुलियामा सडक ढलानको सिलन्यास

२०७६ जेष्ठ १७, शुक्रबार प्रकाशित

बारा १७ जेष्ठ
जितपुर सिमरा उपमहानगरपालिका ५ बकुलिया पत्तेपुर सडक ढलानको एक समाहरोहका बिच सिलन्यास गरीएको छ । संघिय सरकारको रु ५७ लाखमा ढलान हुन लागेको सडकको प्रदेस सभाका सदस्य सुन्दर बिकले सिलन्यास गर्नु भएको हो । सो अवसरमा बिकले संघिय सरकारले तराई मधेसमा ३५० किलोमिटर सडक पिच गर्ने योजना ल्याएको जानकारी दिनु भयो । कार्यक्रममा भवानिपुर जितपुरका गाबिसका पुर्व अध्यक्ष देबनारायण चौधरी,नेकपाका नेता मनोज पौडेल,जितपुर सिमरा उपमहाननगरपालिकावडा नम्बर ५ का अध्यक्ष मोहित चौधरी,राजेन्द्र गौतम,बलराम थमपा,इश्वर थपलिया,संजय पटेल,कृष्ण चौधरी,कुन्दन चौधरी लगायतको उपस्थिती रहेको थियो ।

Write your Comment