१७ जेठ, बारा
पूर्व–पश्चिम राजमार्गअन्र्तगत पथलैया–निजगढ सडक खण्डमा यात्रुवाहक बसमा लुटपाट गरेका छन् । शुक्रबार बिहान करिब ३ बजेको समयमा मोटरसाईकलमा आएका केही व्यक्तिले बसमा लुटपाट गरेका हुन् ।
पथलैया–निजगढ सडक खण्डबाट गढीमाई जाने बाटो छेउमा जलेश्वरबाट काठमाडौं जाँदै गरेको ना ७ ख २७९० नम्बरको यात्रुवाहक बसमा लुटपाट गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख विक्रम लामाले जानकारी दिए ।
लुटेराले बसका कन्टेक्टरसँग मात्र ४५ हजार नगद र सामसुङ मोबाईल एक सेट लुटेको प्रमुख लामाले जानकारी दिए ।
लुटेरा समुहका एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने बाँकीको खोजी कार्य भईरहेको समेत प्रमुख लामाले जानकारी दिए । धेरी लामो समय पछि त्यस क्षेत्रमा लुट पाट भएको हो । एक दसक अघि सधै जसो लुटपाट हुने गरेको थियो । प्रहरीले रात्रिगस्ति बढाएपछि नियन्त्रमा आएको थियो । यो घटनाले त्यस क्षेत्रमा रात्रि बसका यात्रुहरुमा त्रास बढाएको छ ।