संबिधानले दिएको अधिकार कार्यान्वन गर्न सबैलाग्नु पर्छ –प्रदेश सभा सदस्य गुरुङ

२०७६ अषाढ ९, सोमबार प्रकाशित

संबिधानले दिएको अधिकार कार्यान्वन गर्न सबैलाग्नु पर्छ –प्रदेश सभा सदस्य गुरुङ

डुवानको समस्याबाट कहिले मुक्त हुन्छ दलित वस्ती बिषयक रेडियो बहस कार्यक्रम जनसरोकार नितनपुरको दलित वस्तीमा सम्पन्न भएको छ ।
प्रदेश नं २ का प्रदेश सभा सदस्य सीता गुरुङ, स्थानीय दलित अगुवा जोगी पासवान, र सरोकारवाला बिच बहस कार्यक्रम सम्पन्न भाएको हो ।
प्रदेश नं २ का प्रदेश सभा सदस्य सीता गुरुङले सबै भन्दा पहिला चेतनाको बिकास गर्नु पर्ने बताउनु भएको छ । संबिधानले सबै एक जाति बनाई सक्दा पनि म दतिल हु भन्ने भावनाले दलित महिला पछि परेको बताउनु भएको भयो । आवश्यक्ता अनुसार आफुले दिए जस्तो र उनिहरुले पाए जस्तो के काम गर्दा राम्रँे हुने हो आउदा दिनमा त्यहि काम गर्न तयार रहेको बताउनु भएको छ । उहांले संबिधानले दलितका लागि प्रायाप्त अधिकार दिएको उल्लेख गदै त्यसको कायान्वनमा लाग्न सबै तयार हुनुपर्ने स्पष्ट पार्नु भयो ।

त्यसैगरी कार्यक्रममा बोल्दै सरोज वडा नम्बर १० का दलित लक्ष्ँित गर्दै अबको दिनमा सिपमूलक तालिम, ग्यास चुलो बितरण गर्ने गरि कार्यक्रम बनाउदै गरेको जानकारि दिनु भएको छ ।
स्थानीय दलित अगुवा जोगी पासवानले दलितको उत्थानको लागि दलितलाई रोजगारिको अवसर सिप मूलक तालिमको अवसर प्रदान गर्न आग्रह गर्नु भएको छ ।
सिता अधिकारीको सहजिकरणमा सम्पन्न कार्यक्रममा मनोज पौडेल,सुगन्धि पासवान,संजय पटेल, सत्य श्रेष्ठ, अनिल तिवारी, तुलसा घिमिरे, लगाएतको उपस्थिति रहेको थियो ।

Write your Comment