बारा १० आषाढ
बाराको करैयामाई गाँउपालिकाको तौथो गाँउ सभा सम्पन्न भएको छ । गाँउ सभामा आगामि आ.ब ०७६÷०७७ का लागि रु ३६ करोड ६४ लाख १८ हजार ४ सय रुपया को आय ब्याय परीत गरी गांउसभा सम्पन्न भएको करैयामाई गाँउपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुनिल केशरीले जानकारी दिनुभयो । गाँउ सभाले सडक,शिक्षा,स्वास्थ्य,सामाजिक बिकासमा रकम बिनियोजन गरेकोको प्रमुख प्रसाशकिय अधिकृत केसरीको भनाई छ । गाँउ सभाको उद्धघाटन गाँउपालिकाका अध्यक्ष भुवनेश्वर धामीले गर्नु भएको थियो ।
यसैबिच आजै जितपुर सिमरा उपमहानगरपालिका,कलैया उपमहानगरपालिका,कोल्हबी नगरपालिका र पचरौता नगरपालिकाको नगर सभा आजै हुदै छ । संघिय सरकारले १० गते भित्र संबैधानिक ब्यावस्था अनुसार सम्पुर्ण पालिकालाई सभा गरेर बजेट पारित गर्न निर्देशन दिइसकेको छ । यसै अनुरुप देश ब्यापिरुपमा आज करीब ७ सय स्थानिय तहमा सभा भइरहेका छन ।