परवानिपुरमा रहेको सुशील घ्युमा भीषण आगलागि

२१ असार २०७६, शनिबार ०९:५६ प्रकाशित

बारा २१ आसाढ

परवानिपुरमा रहेको वीरगन्ज महानगरपालिका-२१ लिपनीविर्ता स्थित सुशील वनस्पति उद्योगमा भीषण आगलागी भएको छ । शनिबार बिहान ३ बजेबाट सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन नसकेको  पर्साका प्रहरी नायव उपरीक्षक अनन्त राज शर्माले जानकारी दिए ।आगलागी नियन्त्रण गर्नका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका ,पोखरिया नगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जको बारुण यन्त्रले प्रयास गरिरहेको शर्माले बताए । आगलागी कसरी भएको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न नसकेको उनकाे भनाइ छ ।

२१ असार २०७६, शनिबार ०९:५६  मा प्रकाशित

Write your Comment