बारा ३० आसाढ
पर्सागढी नगरपालिको तेस्रो नगर सभा आज सम्पन्न भएको छ । नगर सभाको उद्धघाटन नगर प्रमुख लोक नारायण यादबले आसाढ १० गते गर्नु भएको थियो । नगर सभाले आगामी आर्थिक बर्ष ०७६/०७७ का लागी कुल ६० करोड ५४ लाख रुपयाँ बराबरको बजेट पारित गरेको छ ।
आज सम्पन्न तेस्रो नगरसभामा नगरपालिकाकी उप–प्रमुख अर्चना चौधरीले नेपाल सरकारबाट बित्तिय समानिकरणतर्फ १२ करोड ६२ लाख, राजस्व बाँडफाँडतर्फ ९ करोड ४४ लाख र शसर्त अनुदानतर्फ १३ करोड ६८ लाख त्यस्तै प्रदेश सरकारबाट बित्तिय समानिकरणतर्फ प्राप्त हुने ७३ लाख ३९ हजार, शसर्त अनुदान तर्फ १ करोड, समपुरक अनुदान स्वरुप ४० लाख, आन्तरीक स्रोतबाट १ करोड १९ लाख ९६ हजार, संसदिय बिकास कार्यक्रम तर्फ १ करोड ५० लाख, चालु आर्थीक बर्षको मौजदात १० करोड ८४ लाख ४९ हजार गरी कुल ६० करोड ५४ लाख २८ हजार रुपयाँको बजेट प्रस्तुत गर्नु भएको र सो बजेट नगरसभाले पारित गरिएको हो । बिनियोजित बजेटमा पुर्वाधार तर्फ सडक,नाला,बिध्यालय भवन,स्वास्थ्य भवन तर्फ बजेट बिनियोजन गरेको छ भने सामाजिक बिकास तर्फ बाल संरक्षण,महिला सशक्तिकरण,आयआर्जन,सिपमुलक,आयमुलक कार्यक्रमका साथै वातावरण संरक्षणका कार्यमा रकम बिनियोजन गरेको प्रमुख प्रसाशकिय अधिकृत कृष्ण प्रसाद चापागाईले जानकारी दिनुभयो । आसाढ १० गते उद्घाटन गरिएको नगर सभा आज सम्पन्न भएको हो । नगर सभा सौहार्द पुर्ण बाताबरणमा सम्पन्न भएको नगर प्रमुख यादबले जानकारी दिनु भयो ।