सान्सदको गाउँ बुनियाद हिलाम्मे भएपछी स्थानिय दुखि

६ श्रावण २०७६, सोमबार १९:१७ प्रकाशित

बारा ६ श्रावण ।
बाराको परवानिपुर गाउँपालिका वाड नम्बर १ बुनियादको बाटो बाट हिड्दा हिलोका कारण हरेक मोटरसाइकल,साइकल लिएर आउने बटुवाले आङ्ग सिरिङग हुने गरेको बताएका छ्न । बर्षा याममा खेतको चिफ्लो माटोले सडक पुर्दा यस्तो अबस्था आएको हो । आर्थिक बर्षको अन्त्यमा बजेट पचाउने उदेश्यले माटो पुर्दा सडक हिलाम्मे भएर यस्तो अबस्था आएको हो । पहिला त हामी बुनियादको बाटो हिड्थ्यौ अहिले मोटरसाइकल त के पैदल पनि हिडदा चिफ्लिएर लडिन्छ त्यसैले लामो बाटो भएपनी  इनर्वासिरा जान परसौनी बाट हाइवे समातेर जानू परेको छ बुनियादका एक शिक्षकले भने, स्थानीयले भने बाटो हिलाम्मे हुदापनि जनप्रतिनिधिले केही नगरेको गुनासो गरेका छन। बुनियाद राजपाबाट निर्वाचित बारा क्षेत्र नम्बर ४ का सान्सद एकवाल मियाको गाउँ हो । प्रदेस सरकारका पुर्बाधार मन्त्री जितेन्द्र सोनल छिमेकी गाउँ लिपनिमालका हुन भने यसै पालिकामा हरिनारायण साह अध्यक्षमा राजपा बाट निर्वाचित छ्न ।

६ श्रावण २०७६, सोमबार १९:१७  मा प्रकाशित

Write your Comment