निर्वाचन आयोगले रिक्त स्थानमा मन्सिर १४ गते निर्वाचन गर्ने

१७ श्रावण २०७६, शुक्रबार २०:५९ प्रकाशित

काठमाडौं १७ साउन
निर्वाचन आयोगले रिक्त प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा आगामी मंसिर १४ गते निर्वाचन गर्ने भएको छ ।
शुक्रबार निर्वाचन आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदमा निर्वाचन गर्ने निर्णय गरेको प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए । यश अघि निर्वाचन आयोगले राजनैतिक दलका प्रतिनिधि सङग निर्वाचनको मिति तोक्ने विषमा छलफल गरेको थियो ।

१७ श्रावण २०७६, शुक्रबार २०:५९  मा प्रकाशित

Write your Comment