मन्त्री सोनललाई धर्मशाला उद्घाटन गर्न नदिने भन्दै नौतनमा झडप /वडा अध्यक्ष पक्राउ

२५ श्रावण २०७६, शनिबार १४:१६ प्रकाशित

बारा २५ श्रावण
परवानिपुर गाउँपालिका वाड नम्बर ५ नौतनमा निर्माण गरिएको धर्मशालाको उद्घाटन कार्यक्रम बिबादमा परेकोछ ।बिबाद पछि झडप सृजना भएको छ । झडप पछि वडा अध्यक्ष रामेस्वर कलबार ,हरिशरण साह,बिबेक गुप्ता र रुपेस गुप्तालाइ प्रहरीले पक्राउ गरेको छ । गाउपालिका बाट छुट्याइएको ६२ लाख बजेट्मा निर्माण गरिएको धर्मशालामा रकम हिनाबिना भएको भन्दै स्थानीयले उद्घाटन गर्न नदिने भन्दै बिरोध गरेका हुन । अहिले सम्म बिनियोजित बजेट मध्ये ३० लाखको पनि काम नभएको स्थानीयको भनाइ छ । धर्मशालाको प्रदेस नम्बर २ का भौतिक पुर्बाधारमन्त्री जितेन्द्र सोनलले उद्घाटन गर्ने तय गाउपालिकाका अध्यक्ष हरिनारायण साहले गरेको र त्यस निर्णयको वडा नम्बर ५ का अध्यक्ष रामेस्वर कलबारले नै बिरोध गर्दै आइरहेका थिए । कामै सम्पन्न न भएको र अनियमितता भएकोले धर्मशालाको उद्घाटन गर्न न दिने वडा अध्यक्ष कलबारले बताए । मन्त्री सोनल,पालिका अध्यक्ष साह राजपा बाट र वडा अध्यक्ष कलबार एउटै फोरमबाट निवाचित प्रतिनिधि हुन । धर्मसालाको उद्घाटन शनिबार बिहान ८ बजेका लागि तय भएको थियो झड्पको स्थिति सृजना भएपछी प्रहरी परिचालन गरेर साझ ३गर्ने तय भएको छ ।

२५ श्रावण २०७६, शनिबार १४:१६  मा प्रकाशित

Write your Comment