पथलैया बन समितिको कार्यालय भबनको सिलन्यास सम्पन्न

२०७६ भाद्र ७, शनिबार प्रकाशित

बारा ७ भाद्र
पथलैया सामुदायिक बन उपभोक्ता समितीको कार्यालय पथलैयाको सिलन्याश आज एक समाहरोहका बिच सम्पन्न भएको छ । कार्यालयको सिलन्याश प्रदेश सभा सदस्य सुन्दर बिकले गर्नु भयो । सिलन्यास गर्दै बिकले कार्यालय भबन निर्माणमा आफ्नो तर्फबाट पुर्ण सहयोगहुने प्रतिबद्धता ब्यक्तगर्नु भयो ।कार्यक्रममा प्रदेश सभा सदस्य सीता गुरुङ ,नेकपाका नेता मनोज पौडेल,डिभिजन बन कार्यालय सिमराका प्रतिनिधि ,वडा सदस्य रामदास धौजु,भिमेस्वर बनका अध्यक्ष पेशल मुल्मी,खानेपानीका अध्यक्ष सुरेस लामा,बन समितिका पुर्ब अध्यक्ष टुना भट्ट ,शन्कर आचार्य,मन्जु भट्टराई,शम्भु मन्डल,अनिल तिवारी लगाएतले शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शन्कर कुमार बिस्टले गर्नु भएको थियो ।

Write your Comment