बारा २८ भाद्र
प्रगतिशिल सामुदायिक बन उपभोक्ता समिती औराहाको २३ औ साधारणसभा आज औराहामा सम्पन्न भएको छ । प्रदेस सभाका सदस्य सुन्दर बिकको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रदेस सभा सदस्य सीता गुरुङ,वडा नम्बर ४ का अध्यक्ष भोज बहादुर खत्री,जिल्ला बनका प्रतिनिधि ललन राउत,समाजसेबी मनोज पौडेल,सामुदायिक बनका कुमार त्रिपाठि,नेकपाका वडा प्रतिनिधि पुर्णचन्द्र तिमल्सिना,दिपक सिम्खडा,नेपाली काङ्ग्रेसका राधाकृष्ण पौडेल,पुर्ब अध्यक्ष भागबत चौधरी,घण्टीमाइका अध्यक्ष कोपिला सिम्खडा,साझेदारी बनका गणेसजी साह,दिपक भट्ट,कमल पौडेल ,त्रिलोक बिक्रम साह लागाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिकले बन संरक्षणको पाटोमा लाग्न सबैलाइ आग्रह गर्नु भयो । उहाले सिमरालाई बाताबरणको हिसाबले राम्रो बनाउन सबैएक हुनु पर्ने कुरामा जोड दिदै प्रदेसको संसदिय समितीले सिमराको प्रदुषणको अनुगमन गर्ने जानकारी दिनुभयो । त्यसैगरी कार्यक्रममा बोल्दै समाजसेबि मनोज पौडेलले सिमराको प्रदुषण नियन्त्रण नगरे अवको दश बर्ष पछि जन्मीने बच्चा अपांग मात्र जन्मिने ठोकुवा गर्नु भयो त्यसैसे प्रदुषण मुक्त सिमरा बनाउने अभियानमा लाग्न सबैलाई आहवान गर्नु भयो । समितीका अध्यक्ष रमेस खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सन्चालन डम्बर खडका र शुसिला अधिकारिको स्वागतमा सम्पन्न भएको थियो । साधारण सभाले अध्यक्ष खरेलले पेस गर्नु भएको बिगतको कामको सस्थाको प्रगती प्रतिबेदन र आगामि कार्ययोजना सर्व सहमतीले पारीत गरेको छ ।