निजगढ २९ भाद्र
निजगढ नगरपालिका वडा नम्बर ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्ता समितिको नव निर्मित भवनको पुर्ब युबा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आइतबार उदघाटन गर्नुभएको छ । भवन उदघाटनपछि आयोजित कार्यक्रममा बोल्दै पुर्व मन्त्री पौडेलले उपभोक्ताले वनको संरक्षण गरेर मात्र नपुग्ने बताउदै वनको सदुपयोगमा पनि जोड दिनुपर्ने बताउनुभयो । उहाले वनसम्पदाको प्रयोग स्थानीयको आय आर्जन बढाउने गरी हुनुपर्ने बताउनभुयो । ‘वन सम्पदालार्इं व्यवसायिक रुपमा प्रयोग गर्नुपर्छ, उहाले भन्नुभयो, व्यवसायिक प्रयोगले उपभोक्ताको आय आर्जन बढाउछ ।’ पुर्वमन्त्री पौडेलले पर्यटन क्षेत्रको विकास, फलफु्ल उत्पादन र फर्निचर समाग्री बनाउने लगायत काममा वनजंगलको उपयोग गर्न सकिने भएकाले यसतर्फ समुहले सोचोर काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै वडा नम्बर ७ का अध्यक्ष रामजी बजगाईले विपन्न समुदायको उन्नति नै सामुदायिक वनको उद्देश्य भएकोले गरिव उपभोक्ताको जिविकोपार्जनको लागि काम गर्नुपर्ने बताउनुभयो । उहाले सामुदायिक वनमा केही हुनेखाने र टाठाबाठाको बोलबाला बढदै गएकोमा चिन्तासमेत व्यक्त गर्नुभयो ।
त्यसैगरी निजगढ गाविसका पुर्व अध्यक्ष एकबहादुर श्रेष्ठले स्थानीय निकायले वन क्षेत्रको संरक्षण र सदुपयोगमा वेवास्ता गरेको बताउदै आफनो क्षेत्रको वनको विकास र संरक्षणको लागि नगरपालिकाकाले कानुन बनाएर काम गर्नुपर्ने बताउनभुयो । उहाले वन मान्छेको जीवन र स्वास्थ्यसंग पनि जोडिएकोले संरक्षणको महत्व धेरै रहेको पनि बताउनुभयो ।
कार्यक्रममा निजगढ गाविस वडा नम्बर १ का पुर्व वडा अध्यक्ष घनश्याम लम्साल, हरी बर्तौलाले पनि आफना भनाई राख्नुभएको थियो । समुहका अध्यक्ष गणेश कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन समुहका उपाध्यक्ष रोहिणी अधिकारीले गर्नु भएको थियो । वन समुहले ३३ लाख ३० हजारको लागतमा समुहको आफनो क्षेत्रभित्र पर्ने भमराखोला पारीको वनमा ८ कोठे पक्की भवनको हालै निर्माण गरेको हो ।