गत बर्ष धुलाम्मे सडक गे्रवल गरी स्तरउन्नत्ती गरीयो /यस बर्ष कालोपत्रे गरीन्छ- पचरौता नगर प्रमुख यादब

२०८२ जेष्ठ ९, शुक्रबार प्रकाशित

बारा १५ असोज
पचरौता नगरपालिकाका प्रमुख रमेस कुमार यादबले बिकासको सुचकमा पछाडी परेको पचरौता नगरपालिकाको पुर्वाधार बिकासमा सहयोग गर्न केन्द्र तथा प्रदेस सरकारलाई आग्रह गर्नु भएको छ । कामना खबर संग कुरा गदै प्रमुख यादबले पचरौता नगरपालिका बारा जिल्ला कै कान्छो नगरपालिका भएको र यहां रहेका साघुरा र जिणर््ा धुलाम्मे सडकको ग्रेवल गरी ३० फिटको सडकमा स्तररोन्नती गरीएको जानकारी दिदै यस बर्ष देखि नगरपालिकाले सडक कालो पत्रे र ढलानको योजना अगाडी बढाएकोले त्यसमा सहयोग गर्न केन्द्र तथा प्रदेस सरकारलाई अनुरोध गर्नु भयो । नगरको आन्तरीक श्रोत खासै नभएको र कर्मचारी अभावका कारण काम गर्न अत्यन्तै गाह्रो भएको प्रमुख यादबको गुनासो थियो । उहांले बिरामी लाइ आई पर्ने असजिलो लाई मध्यनजर गदै नगरपालिकाले एम्बुलेन्स सन्चानल गरेको जानकारी दिदै नगरपालिका भित्र एउटा पन्ध्र सैयाको अस्पताल र दुइवटा स्वास्थ्य चौकी स्थापना गर्न लागिएको स्पष्ट पार्नु भयो । पचरौतालाई सबैको सहयोगमा उत्कृष्ट नगरपालिका बनाउने अभियानमा आफु लागेकाहुदा कृषकका सबै समस्या समाधान गरेर ब्यवसायीक आधुनिक कृषी प्रणाली सन्चालन गर्ने नगरको अद्धेश्य रहेको उहांको भनाइ थियो । बाराको सदरमुकाम कलैया बाट लामो दुरीमा रहेको पचरौता नगरपालिकाको कार्यालय आफनै भवनमा सन्चालनमा रहेको छ । यस नगरपालिका भित्र कक्षा ९ र १० मा अध्यननरत दुई सय छात्राहरुलाई प्रोत्साहन गर्न साइकल बितरण गरीएको प्रमुख यादबको भनाई छ ।

२०७६ आश्विन १५, बुधबार  मा प्रकाशित

Write your Comment