नेकपा सचिवालय सदस्यसँग सीले गरे सामूहिक भेटवार्ता

२०७६ आश्विन २६, आईतबार प्रकाशित

काठमाडौं २६ असोज

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा दुई दिने नेपाल भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले सत्तारुढ दल नेकपा सचिवालयका सदस्यहरुसँग सामूहिक भेटवार्ता गरेका छन ।

सचिवालय सदस्यहरूले आइतबार बिहान १० ३० बजेदेखि होटल सोल्टीमा सामूहिक भेटघाट गरेका हुन् । सीलाई भेट्न उनीहरु सोल्टी होटल पुगेका थिए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय सदस्यहरू र राष्ट्रपति सीबीचको भेटवार्तामा कम्युनिष्टपार्टीबीचको सम्बन्धका विषयमा छलफल भएको जानकारी दिए । सचिवालय सदस्यहरूसँगको भेटवार्ता सकिएपछि राष्ट्रपति सी र अध्यक्ष प्रचण्डबीच वान टु वान भेटवार्ता छलफल समेत भएको प्रवक्ता श्रेष्ठले जनाएका छन ।

Write your Comment