बुटवल १४ कार्तिक
लक्ष्मी मूर्ति बिसर्जन गर्ने विषयमा कपिलवस्तुको कृष्णनगरमा भएको झडपपछि कर्फ्यू आदेश जारी छ । कर्फ्यू आदेशकै विचमा प्रर्दशन गर्नेमाथी प्रहरीले गोली चलाउदा एक युवाको मृत्यु भएको छ ।हिन्दु र मुसलमान पक्षबीच विवादका कारण झडप भएपछि स्थानीय प्रशासनले विहान ११ बजेपछि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको थियो । कर्फ्यू आदेश उल्लंघन गर्ने माथि प्रहरीले गोली प्रहार गर्दा स्थानीय कृष्णनगर नगरपालिका–२ सुरजकुमार पाण्डेको मृत्यु भएको छ ।
प्रशासनले बिहान ११ बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि कृष्णनगर बजार क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको थियो । हिजो साँझ लक्ष्मी मूर्ति सेलाउने विषयमा विवाद पछि झडप भएको हो । झडप पछि १०–१२ वटा मूर्ति सेलाउन अझै बाँकी रहेको छ।
प्रहरीका अनुसार अहिले केही राउण्ड हवाई फायरसमेत गरिएको छ । बुधबार साँझ कृष्णनगर नगरपालिकाका वडा नम्बर १,२ र ३ का १३ वटा लक्ष्मीका मूर्ति विसर्जन गर्ने कार्यक्रम थियो ।
प्रहरीका अनुसार साँझ साढे ६ बजे कृष्णनगर नगरपालिका–२ झण्डेनगरमा मूर्ति भएको गाडी स्थानीय मुस्लिम समुदायका व्याक्तिहरुले रोक्न खोजेका थिए । त्यही विषयमा विवाद हुँदा दुवै पक्षबीच ढुङ्गा हानाहान समेत भएको थियो । प्रहरीका अनुसार बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिनका लागि २० सेल आश्रुग्यास प्रहार गरिएको थियो ।
मूर्तिलाई सुरक्षित राखिएको छ । मूर्ति कृष्णनगर–१ मा रहेको बढया पोखरीमा विसर्जन गर्ने कार्यक्रम थियो । विहीबार बिहान पनि अवस्था असामान्य बन्ने सम्भावना बढेपछि स्थानीय प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा आज बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका कर्फ्यू जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले जारि गरेको कर्फ्यु आदेस