नेकपाद्वारा उपनिर्वाचनका लागि उम्मेदवार घोषणा,टिकट पाउने भाग्यमानी को -को ?

१७ कार्तिक २०७६, आईतवार २०:१९ प्रकाशित

काठमाडौं:

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले उप निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । आइतबार बसेको सचिवालय बैठकले उम्मेद्वार चयन गरेको हो । बैठकले कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश सभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वलीलाई उठाउने निर्णय गरेको छ भने भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । विद्या भट्टराई कास्की २ मा सोही क्षेत्रबाट निर्वा्चित सांसद रवीन्द्र अधिकारीकी पत्नी हुन् । तत्कालीन नागरिक उड्डयन्मन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना परेर निधन भएको थियो । वली भने सोही क्षेत्रबाट निर्वा्चित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।
त्यस्तै बैठकले धरान उपमहानरपालिकाको मेयरमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।

१७ कार्तिक २०७६, आईतवार २०:१९  मा प्रकाशित

Write your Comment