सन्चारकर्मी तिवारी सम्मानीत

२४ कार्तिक २०७६, आईतवार ११:४८ प्रकाशित

बारा २३ कार्तीक
सिमरामा रहेको महिला सहकारीले सन्चारकर्मी अनिल तिवारीलाई सम्मानित गरेको छ । तिवारीलाई नगद रु ५ हजार र कदर पत्र सहित सम्मान गरीएको हो । समाचारको माध्यमबाट सहकारीलाई सबैको माझमा चिनाउन र समाजमा स्थापित गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै संचाकर्मि तिवारीलाई सहकारीले नगद सहित सम्मानित गरेको हो ।
तिवारीलाई प्रदेश नम्बर २ का सदस्य सुन्दर विक, सिता गुरुङ्ग,जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख कृष्ण पौडेल,नगर उपप्रमुख सरस्वतीदेबि चौधरी, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ,सस्थाकी अध्यक्ष अनिता लम्साल लगायतले सम्मान पत्रद्धारा सम्मानित गर्नुभएको हो । संचारकर्मि तिवारी विगत १० वर्षदेखि संचार क्षेत्रमा कार्यरत रहनुभएको छ ।

२४ कार्तिक २०७६, आईतवार ११:४८  मा प्रकाशित

Write your Comment