बारा ६ पौष
पचरौता नगरपालिकाले रक्तदान जिवन दान नारा सहित नगर प्रमुख जिवन रछा अभियान अन्तरगत नगरपालिकाको कार्यालय परिसर बेनौलिमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नगर प्रमुख रमेश कुमार यादबले सो कार्यक्रमको उदघाटन गर्दै सबैले रक्तदान गर्न आग्रह गर्नु भयो उहाँले मानबताको लागी रक्तदान जस्तो पवित्र कार्य अरु हुनै नसक्ने बताउनु भयो । वहाले हामिले आफ्नो आवस्यकताका बेला रगत खोज्ने तर ब्यर्थमा जाने हाम्रो रगतलाई मानविय कार्यमा लगाउन नसकेको भन्दै सबैलाई रक्तदान गर्न आग्रह गर्नु भयो । यादबले आफुले शुरु गरेको नगर प्रमुख जिवन रछा कार्यक्रमको सबैले प्रसंशा गरेको र यस अन्तरगत आफु नगरबसीको स्वास्थ्यमा गम्भिर भएको उल्लेख गर्नु भयो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत रेशम बहादुर सिंह,नगर स्वास्थ सम्योजक नवल किशोर यादब,लेखा प्रमुख द्वारिका चौधरी,राहुल गुप्ता,पोषण सम्योजक सचिन्द्र प्रसाद यादब,किशोरी यादब,रबिशन्कर यादब उर्फ लड्डु यादब तथा नगरपालिकाका अन्य कर्मचारी र स्थानीय बासिको उपस्थिति रहेको थियो । रक्तदानमा ७५ जनाले रक्तदान गरेको नगरपालिकाले जनाएको छ ।