छातापिपरामा माघ १ गते हुने थारु माघी महोत्सवको तयारी पुरा

२९ पुष २०७६, मंगलवार १९:३८ प्रकाशित

बारा २९ पौष
माघ १ गतेलाइ माघी महोत्सवको २०७६ को रुपमा मनाउन बाराको जितपुरसिमरा उपमहानगरपालिका ९ छातापिपरामा भब्य कार्यक्रमको आयोजना गरिएको छ । सो महोत्सवको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । महोत्सव माघ १ गते देखी ३ गते सम्म चल्ने छ । महोत्सवमा  बिस वटा स्टल राखिने र थारु सास्कृती,भेष भुसा झल्कने गरि तयारी गरिएको आयोजक समितिका सम्योजक लक्ष्मिकान्त प्यारेलाल चौधरीले आज बाराको छातापिपरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । थारु समुदायले माघे सक्रान्तिलाइ नयाँ बर्षको रुपमा मनाउदै आएको छ ।महोत्सवको भोली बुधबार बिहान ११ छातापिपरा मा.बि नजिक रहेकोको फिल्डमा उद्घाटन गरिने र ३ दिन सम्म चल्ने आयोजकले सम्मेलनमा जानकारी दिइएको थियो । महोत्सवको उद्घाटन थारु कल्याणकारणि सभाका महिला बिभाग प्रमुख हरि माया चौधरीले गर्ने प्यारेलालले जानकारी दिनु भयो । पत्रकार सम्मेलनमा पुर्ब गबिस अध्यक्षहरु भुदेब चौधरी,देबनारायण चौधरी,वडा नम्बर ९ का अध्यक्ष प्रभु नाथ चौधरी,समाजसेबि एवम जितापुरसिमरा सार्बजनिक सरोकार समितिका सम्योजक मनोज पौडेल,कार्यपालिका सदस्य अनिता चौधरी,बिद्यालयका प्र अ पिताम्बर चौधरी,लक्ष्मी चौधरिलगाएतको सहभागीता रहेको थियो ।कार्यक्रमको सन्चालन अनिल चौधरीले गर्नु भएको थियो ।

२९ पुष २०७६, मंगलवार १९:३८  मा प्रकाशित

Write your Comment