ट्रकको ठ्क्करबाट मकवानपुरमा पैदल यात्रीको मृत्यु

३ माघ २०७६, शुक्रबार १५:३३ प्रकाशित

मकवानपुर ३ माघ 
मकवानपुर लेवटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ६ ख ६५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्रीको ३५ वर्षीय अम्मर पुन मगरको मृत्यु भएको हो ।
चितवन घर भएका मृतक मगर बसामाडीमा चाउमिन कारखानामा काम गर्ने मजदुर हुन् । ट्रकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
ठक्कर दिने ट्रक चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

३ माघ २०७६, शुक्रबार १५:३३  मा प्रकाशित

Write your Comment