बारा १५ माघ
कलैया उपमहानगरपालिका वडा नम्बर २१भोडाहामा तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत रु ५० लाख को लागतमा सामुदायिक भवन तथा विवाह मण्डपको आज एक समारोहका बीच शिलान्यास गरिएको छ ।सो भवनको शिलान्यास पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले गर्नुभएको हो भवनको शिलन्यास गर्दै पूर्व मन्त्री पौडेलले वर्तमान सरकार जनताका सबै समस्या पूरा गरेर अगाडि बढ्न लागिपरेको कुरामा जोड दिनुभयो । नेकपाको सरकारले देशव्यापीरुपमा विकासको लहर सिर्जना गरेको समेत दाबी गर्नुभयो । वडा नं २१ का अध्यक्ष पुर्ण देवप्रसाद रौनियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपाका नेता ढुण्डीराज उप्रेती विक्रम ठाकुर लगायतको उपस्थिति रहेको थियो । संघीय मामिला मन्त्रालय अन्तर्गत प्राप्त रू ५० लाखमा सो भवनको निर्माण हुने भएको छ ।