सरकारले गर्‍यो ४ सचिवहरूको सरुवा

१८ फाल्गुन २०७६, आईतवार २१:१३ प्रकाशित

काठमाडौँ १८ फागुन

सरकारले चार जना सचिवको सरुवा गरेको छ । एक जना सहसचिवलाई सचिवमा बढुवासहित पदस्थापन गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले वरिष्ठ सहसचिव एकनारायण अर्याललाई सचिवमा बढुवा गर्दै काठमाडौँ महानगरपालिकामा पदस्थापन गरेको हो ।

महानगरपालिकाका कार्यकारी अधिकृत रहेका केदार न्यौपानेलाई भूमि व्यबस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । भूमिसुधारका सूर्य गौतमलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालालाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ ।

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बराललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

त्यसैगरी अर्थमन्त्रालयका सहसचिव हरिशरण पुडासैनीलाई कायम मुकायम राजश्व सचिव बनाउने निर्णय गरेको छ ।

१८ फाल्गुन २०७६, आईतवार २१:१३  मा प्रकाशित

Write your Comment