बारा २६ फागुन
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेलले राष्ट्रिय गौरवका आयोजनाहरु दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल र तराईसँग राजधानी जोड्ने फास्ट ट्रयाकको निरीक्षण गर्नुभएको छ निरीक्षणपछि आयोजित कार्यक्रममा बोल्दै सरकारले राष्ट्रिय गौरवका आयोजनाहरु समयमै सम्पन्न गर्न र आयोजना निर्माणमा रकमको अभाव हुन नदिने लक्ष्यका साथ सरकार अगाडि बढेको जानकारी दिनुभएको छ । उपाध्यक्ष कंडेलले प्रदेश नम्बर दुईलाई समृद्धिको दिशामा अगाडि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । बारा,पर्सा,रौतहट लगायत प्रदेश नम्बर २ मा विकास निर्माणको कामलाई तीव्रता दिनको लागि आफू निरीक्षणमा आएको जानकारी दिँदै उपाध्यक्ष कंडेलले सडक पुल, शिक्षा स्वास्थ्यका आयोजनाहरु अगाडि बढाउन सरकारले कुनै कसर बाँकी नराख्ने स्पष्ट पार्नुभयो । सो अवसरमा बारा जिल्लाको स्वास्थ्य शिक्षा, सडक,सडक र पुलमा बजेट अभावका कारण निर्माण मा समस्या रहेको र कतिपय आयोजनामा बजेट विनियोजन गर्नुपर्ने देखिएकोले यसतर्फ ध्यान दिन को लागि आग्रह गरिएको थियो । निरिक्षणको अवसरमा पूर्वमन्त्री नागेन्द्र चौधरी, पुरुषोत्तम पौडेल,प्रदेशसभाका सदस्यहरु सुन्दर बहादुर विश्वकर्मा, सिता गुरुङ जितपुर सिमरा उपमहानगरपालिकाका नगरप्रमुख कृष्ण पौडेल,नेकपाका नेता मनोज पौडेल,एक बहादुर श्रेष्ठ, कृष्ण खनाल, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष केदार बजगाईं,टागिया बस्ती सरोकार समितिका अध्यक्ष रमेश सापकोटा , पेसल मुल्मीलगायतको सहभागिता रहेको थियो ।