राष्ट्रिय गौरवका आयोजनाहरु ५ वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना छ-उपाध्यक्ष डा कंडेल

२०७६ फागुन २७, मंगलबार प्रकाशित

बारा २७ फागुन
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कंडेलले पाँच बर्षभित्रमा राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणको काम सम्पन्न गर्ने सरकारको योजना रहेको बताउनुभएको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ,तराईसँग राजधानी जोड्ने फास्ट ट्याक, हुलाकी सडक निरीक्षण पछि बारा टागिया बस्तिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।उहाँले व्यवस्थापनको खासै समस्या नभएको र यहाँका जनताको भावनाअनुसार नै बस्ती व्यवस्थापन गरिने स्पष्ट पार्नुभयो । डा.कडेलले राष्ट्रिय गौरवका आयोजना र प्रदेश नं २ का योजनाहरु निर्माणकालागि बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।
भिडियो तल हेर्नुहोस् …

Write your Comment