बारा ३चैत्र
जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा सशस्त्र प्रहरी बेस क्याम्प भवनको आज एक समारोहबीच उद्घाटन गरिएको छ । सो भवनको जितपुर सिमरा उपमहानगरपालिकाकी उपप्रमुख सरस्वती देवी चोधरीले शिलान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै उपप्रमुख चौधरीले विकास निर्माणका कामलाई तीव्रता दिन उपमहानगरपालिका लागिपरेको स्पष्ट पार्नुभयो । उपभोक्ता समितिका अध्यक्ष कृष्ण प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ५का अध्यक्ष मोहित चौधरी, नेकपाका नेता हरु राजन पौडेल, देवनारायण चौधरी, नेकपाका नेता तथा जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, जीतपुरसिमरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्जय साह,महिला नेतृ बिध्या महर्जन,सञ्चारकर्मी अनिल तिवारीले भवन निर्माण सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण सञ्चारकर्मी रञ्जन यादवले गर्नुभएको थियो भने स्वागत सशस्त्र बेस क्याम्प जीतपुरका प्रहरी निरीक्षक दिलेन्द्र केसीले गर्नुभएको थियो । जीतपुरसिमरा उपमहानगरपालिकाले भवन निर्माणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ आवश्यकताअनुसार थप बजेट विनियोजन गरिने उपप्रमुख चौधरीको भनाइ छ ।