काठमाडौं १७ चैत्र
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहू कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा आइसोलेसनमा बस्ने भएका छन् । सल्लाहकार रिभ्का पाउकलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेतान्याहू पनि आइसोलेसन बस्ने भएका हुन् । स्थानीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार नेतान्याहूले स्वास्थ्य मन्त्रालयको दिशानिर्देशलाई पूर्णरुपमा पालना गर्नेछन् ।
नेतान्याहू १४ दिनसम्म आइसोलेसनमा बस्न सक्ने बताइएको छ । पाउक गत साता संसद्मा नेतान्याहूसँगै उपस्थित भएका थिए । इजरायलमा अहिलेसम्म कोरोना भाइरसको ४ हजार २४७ संक्रमित देखिएका छन् । जसमध्ये १५ जनाले यो भाइरसबाट ज्यान गुमाएका छन् ।





दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

