स्थानिय तहका प्रतिनिधिहरु गरिबीको मजाक उडाउँदै/राहतमा वितरण गरिएको चामल खान अयोग्य भन्दै फिर्ता

२८ चैत्र २०७६, शुक्रबार १२:२० प्रकाशित

बारा २८ चैत्र
कलैया उपमहानगरपालिका वडा नम्बर २२ मटिअरीयामा गरिब,मजदुर र असाहयहरुका लागि वितरण गरिएको राहत चामल कमसल,खान अयोग्य परेको भन्दै स्थानीयले विरोध जनाएका छन । वडा कार्यालयले वितरण गरेको चामल आज उनीहरुले फिर्ता पठाइदिएका हुन् । चामल फिर्ता गरेपछि उनीहरुले वडाले गरिबीसँग खेलबाड गरेको प्रतिक्रिया दिए,आक्रोशित हुँदै उनीहरुले सडेको हकुवा मोटा चामल वितरण गरेर आफूहरूको गरिबीको मजाक उडाएको उनीहरुको आरोप छ । उनीहरुले कमसल चामल खरीद गर्ने र बिक्री गर्ने वितरक लाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
त्यसैगरी जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरमा पनि खान अयोग्य चामल वितरण गरेको भन्दै स्थानीयले वडा कार्यालय घेराउ गरेका थिए । वडा अध्यक्ष नवराज खड्काले अर्को खान योग्य चामल दिने सहमति जनाएपछि उनीहरू फर्किएका थिए । कतिपय स्थानीय तहका जनप्रतिनिधिले अहिलेको संकटको समय लाइ कमिसन खाने अवसरको रुपमा उपयोग गर्न लागेको प्रति बाराबासीले चिन्ता व्यक्त गरेका छन् ।

२८ चैत्र २०७६, शुक्रबार १२:२०  मा प्रकाशित

Write your Comment