नेकपा सचिवालयको बैठक आज बस्दै भोली बस्ने स्थायी कमिटीको बैठकको एजेण्डा तय गरीने

२४ बैशाख २०७७, बुधबार ११:४४ प्रकाशित

काठमाडौं २४ बैसाख
नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दै छ । बैठबले बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने जनाइएको छ । बैठक प्रधानमन्त्री निवास बालुुटावारमा अपराह्न तीन बजेपछि बस्ने छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलले स्थायी कमिटी बैठकका एजेण्डा प्रस्तुत गर्ने बताइएको छ ।
सोमबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको छलफलबाट प्रस्ताव तयार पार्ने जिम्मा कार्यकारी अध्यक्ष प्रचण्ड र महासचिव पौडेलाइ दिइएको थियो । प्रधानमन्त्रिले यस अघि कार्यकारी अध्यक्ष प्रचण्ड,बरीष्ठ नेताहरु झलनाथ खनाल र माधब क’मार नेपाल संग छलफल गर्नु भएको थियो ।

२४ बैशाख २०७७, बुधबार ११:४४  मा प्रकाशित

Write your Comment