धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको कारण निश्चित भएको छैन -स्वास्थ्य मन्त्रालय

३ जेष्ठ २०७७, शनिबार १७:०३ प्रकाशित

काठमाडौं ३जेष्ठ
धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीय सुत्केरी महिलाको कोरोना कै कारण मृत्यु भएको हो वा होइन भन्ने निश्चित भइ नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. बिकास देवकोटाले भन्नुभयो उहाँको सबै रिपोर्ट आउन बाँकी भएको र रिपोर्ट आएपछि विस्तृत रूपमा जानकारी गराउने स्पष्ट पार्नुभयो ।

३ जेष्ठ २०७७, शनिबार १७:०३  मा प्रकाशित

Write your Comment