डडेल्धुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

२१ जेष्ठ २०७७, बुधबार १०:५६ प्रकाशित

कैलाली २१ जेठ :
डडेल्धुराको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताए ।
राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको खबर आएको छ,’ विष्टले भन्नुभयो ।थप विवरण आउन बाँकी छ ।
गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले पनि महिलाको मृत्यु भएको पुष्टि गर्नु भयो उहाले चिकित्सकको टोली पुग्न केही समय लाग्ने जानकारी दिनुभयो ।

२१ जेष्ठ २०७७, बुधबार १०:५६  मा प्रकाशित

Write your Comment