डोटिको क्वारेन्टाइनमा रहेका १९ वर्षे युवाको मृत्यु

२५ जेष्ठ २०७७, आईतवार १०:१८ प्रकाशित

डोटी २५ जेठ

डोटीकको के.आई.सिंह गाउँपालिका वडा–मा रहेको क्वारेनटाइनमा बसेका १९ वर्षीय युवकको आज विहान मृत्यु भएको छ। उनी सात दिनअघि भारतबाट घर आएका थिए । उनको आइतबार बिहान ३ बजेतिर मृत्यु भएको हो।

स्रोतका अनुसार शनिबार साँझ स्वास्थ्यमा असहज भएको भन्ने खबर आएपनि पानी परेका कारण बाटो अवरुद्ध हुँदा स्वास्थ्यकर्मी क्वारेन्टाइनमा पुग्न सकेका थिएनन् ।

मृतक युवामा मुटु र टिबी रोगको समस्या रहेको आफूले मृतकको परिवारबाट जानकारी पाएको गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए । मृतको स्वाव आज गाउँपालिकाकै स्वास्थ्यकर्मीको टिमले संकलन गर्ने जनाइएको छ ।

स्वाव संकलन पछि गाडीमा धनगढी ल्याइने र उनको रिपोर्ट आएपछि मात्रै शव व्यवस्थापन गरिने अध्यक्ष शाहीले बताए।

२५ जेष्ठ २०७७, आईतवार १०:१८  मा प्रकाशित

Write your Comment