आइतबार थपिए ४ सय २१ कोरोना संक्रमित/नेपालमा संक्रमितकाे संख्या ९ हजार २६ पुग्यो ।

७ असार २०७७, आईतवार १६:३६ प्रकाशित

आइतबार ४ सय २१जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ सय २१ संक्रमित थपिएको जानकारी दिए। यीसहित संक्रमितकाे संख्या ९ हजार २६ पुगेकाे छ।
त्यस्तै यस दिन १९४ जना कोरोनाबाट निको भएर घर फर्किएका छन्। निको हुनेमा १८६ पुरुष र ८ महिला छन्। यीसहित कुल निको हुनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। त्यस्तै मृत्यु भएका २३ जनामा कोरोना पुष्टि भएको छ।

७ असार २०७७, आईतवार १६:३६  मा प्रकाशित

Write your Comment