सिमरामा १० लाखको लागतमा सडक निर्माणको काम सुरु

१६ असार २०७७, मंगलवार १४:५८ प्रकाशित

बारा १६ आषाढ :
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित लोटस एकेडेमी छेउको सडक निर्माणको आज एक कार्यक्रमका बीच सुभारम्भ गरीएको छ । जितपुर सिमरा उपमहानगरपालिका को १० लाख बजेट बाट सडक तथा नाला निर्माणको काम सुरु गरीएको हो । सो कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य दिनेश राइ,नेकपाका नेता तथा जितपुर सिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, नेकपाका नेता तथा सिमराका पुर्व गाबिस अध्यक्ष भोला अधिकारी जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का सदस्य धन बहादुर श्रेष्ठ,स्थानीय समाजसेवीहरु इन्द्र दुलाल,शेखर पौडेल लगायतको उपस्थिति रहेको थियो । उपभोक्ता समितिका अध्यक्ष पदमबहादुर कार्कीको सभापतित्वमा र राम प्रसाद पोखरेलको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।

१६ असार २०७७, मंगलवार १४:५८  मा प्रकाशित

Write your Comment