थप ११६ जनामा कोरोना संक्रमण, ६९७ जना डिस्चार्ज

३१ असार २०७७, बुधबार १७:०८ प्रकाशित

काठमाडौं ३१ आषाढ :
बुधबार नेपालमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ ।
बुधबार ६९७ जना डिस्चार्ज  भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुगेको छ ।

३१ असार २०७७, बुधबार १७:०८  मा प्रकाशित

Write your Comment