एकै पटक ३४ जनामा कोरोना संक्रमण देखिए पछि देबताल गाउँ पालिकाका सिल

२०७७ श्रावण ५, सोमबार प्रकाशित

बाराको बिभिन्न गाउँपालिकामा रहेका जनप्रतिनिधि,कर्मचारी तथा स्वास्थ्यकर्मीहरुगरी ४६ जनामा कोरोना पुष्टि भएकोछ । त्यस मध्ये ३४ जना देवताल गाउँपालिका रहेको हुनाले देवताल पालिका र त्यसअन्तर्गतका सम्पूर्ण वडाहरु पूर्णरुपमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय बाराले आज एक सूचना जारी गर्दे जनाएको छ । सील गरीएको अवधिभर अतिआवश्यक बाहेक बाहिर ननिस्कन अनुरोध समेत गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । आज संक्रमित पुष्टि भएकाहरु मध्ये देबताल गाउँ पालिकाका ३४ जना,सुवर्ण गाउँ पालिकाका ३जना, कलैयाका ३जना, सर्लाहीको धनकौल घरभइ बारामा कार्यरत६ जना समेत ४६जना सक्रमित भएका बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनुभयो । नारायणी अस्पताल वीरगन्जमा ७४ जनाको नमुना परीक्षण गरिएकोमा ४६ जनामा सङ्क्रमण देखिएको हो ।संक्रमितहरू स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा स्थानीय ब्यक्ति भएको उहाँले बताउनुभयो ।

Write your Comment