जन जागरण वनको आयोजनामा रामबनमा वृक्षारोपण कार्यक्रम सम्पन्न

१० श्रावण २०७७, शनिबार १३:२० प्रकाशित

बारा १० श्रावण :
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ३ रामबनमा रहेको जनजागरण सामुदायिक वन उपभोक्ता समितिले आज आफ्नो क्षेत्रभित्र बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । नेकपाका केन्द्रीय सदस्य दिनेश राईको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा नेकपा बारा जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठ, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ,नेकपा प्रदेश कमिटी सदस्य हरि चौलागाई,नेकपा बाराका नेताहरु देवनारायण चौधरी, मनोज पौडेल, जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष क्यामुदिन अन्सारीलगायतले अतिक्रमित ६ विगाहा जग्गा समुदायको बिचमा सार्वजनिक गर्न सक्नु सबैभन्दा ठूलो सफलता भएको बताउनु भएको थियो। वन समितिका अध्यक्ष ताराबहादुर कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्ज
का प्रतिनिधि प्रकास पुन,भिमेश्नर बनका अध्यक्ष पेसल गुल्मी, जनहितका कोषाध्यक्ष शंकर पाख्रिन चोरीशिकारी नियन्त्रणका अध्यक्ष दिपक लामा,मुसर्नीमाइ वन समूहका अध्यक्ष कुबेर न्यौपाने, राधाकृष्ण वन समूहका अध्यक्ष सत्य बहादुर श्रेष्ठ,सचिव लेखनाथ खतिवडा,सिमरा खानेपानीका कोषाध्यक्ष शसि गौतम,सिमरा उमाविका अध्यक्ष राजेन्द्र गौतम,कमरुल अन्सारी, सञ्चारकर्मीहरु श्याम गुप्ता,मनोज साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण शोम लामाले गर्नुभएको थियो भने स्वागत शुक्र श्रेष्ठले गर्नुभएको थियो । सो अवसरमा आँप लिची फलफूललगायत विभिन्न जातका ६ सय बिरुवा रोपिएको थियो ।

१० श्रावण २०७७, शनिबार १३:२०  मा प्रकाशित

Write your Comment