बीरग्न्जमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टी ।

२०७७ श्रावण १४, बुधबार प्रकाशित

बीरगन्जको नारायणी अस्पतालमा गरिएको कोरोना भाइरस परीक्षणमा  थप ३४ जनामा संक्रमण पुष्टी भएको छ । अस्पतालको प्रयोगशालाबट प्राप्त विवरणअनुसार बीरगन्ज वडा न १५ भिस्वाका ८ जना, वडा न ४ का ११ जना, वडा न ५ का ३ जना, वडा न २५ सिर्सियाका ३ जना, वडा न ९ , ११ र १२ , ३२ का १/१ जना, वडा न १० आदर्शनगरका २ जना , हरैयाका १ जना रहेका छन्।

संक्रमितहुने नेपाली सेनाका १ जना, ३ जना प्रहरी, ६ जना कैदीबन्दी, २ जना कारागारका कर्मचारी, १ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो। दुई दिन अघि वीरगञ्ज कारागारमा २२ जनाको स्वाब नमुना संकलन गरिएको थियो। कारागार भित्र रहेका दिर्घ रोगी, जेष्ठ कैदी १२ जना, अग्रपंक्तिमा रही काम गर्ने ड्राइभर, कर्मचारी, सुरक्षाकर्मी समेत २२ जनाको स्वाब नमुना संकलन गरिएको थियो।

Write your Comment