वीरगंजमा थप एक काेराेना संक्रमितकाे मृत्यु

१४ श्रावण २०७७, बुधबार १७:०० प्रकाशित

वीरगञ्ज १४ श्रावण :

वीरगञ्जमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । गण्डक कोभिड अस्थायी अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

पछिल्लो ६ दिनदेखि गण्डक अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका ६८ वर्षीय पुरुषको बुधबार उपचारको क्रममा बिहान पौने ११ बजे तिर मृत्यु भएको अस्पतालका संयाेजक डा. उदय नारायण सिंहले बताए ।

मृतक पुरुष वीरगञ्ज महानगरपालिका वडा नं. ५ रेशकोठी निवासी रहेको संयाेजक डा. सिंहले जानकारी दिए । उनी मुटु राेगी पनि  थिए ।

उनको शव व्यवस्थापनको लागि नेपाली सेनालाई जिम्मा लगाइएको अस्पताले जनाएको छ । पर्सामा हालसम्म एक भारतीय सहित ७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

१४ श्रावण २०७७, बुधबार १७:००  मा प्रकाशित

Write your Comment