थप ३८१ जनामा कोरोना संक्रमण, १३० जना डिस्चार्ज

२१ श्रावण २०७७, बुधबार १६:३७ प्रकाशित

काठमाडौं २१ श्रावण :
बुधबार नेपालमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।
बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् । हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् ।

हाल देशभरका क्वारेन्टिनमा ९ हजार ९२५ जना रहेका छन् ।

२१ श्रावण २०७७, बुधबार १६:३७  मा प्रकाशित

Write your Comment